समाचारशनिबार, आषाढ १५, २०७०

स्टेरिङ भन्दा कैंचीबाट सन्तुष्टि

हिमालखबर

ग्राहकको कपाल काटदै पूर्व ड्राइभर बाबुराम भुसाल ।

गाडी चालक भएर गरी खाएका २९ वर्षीय बावुराम भुसाल केही नयाँ गरौं भन्दै अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा दुई वर्षदेखि ग्राहकको कपालमा कैंची चलाइरहेका छन् । उनी भन्छन, “यो पेशाबाट म सन्तुष्ट छु ।”

जिल्ला भरमै कपाल काट्ने काम मधेशी मुलका र केही भारतीयहरुले समेत गर्दै आएकोमा भुसालमात्रै अपवाद हुन पुगेका छन् । शुरुमा धेरैले खिसी गरे पनि अहिले आफ्नो कामबाट सवै अचम्म परेको उनले बताए । “ड्राईभर भएर घुमेर खानी बानी लागेको छ, तैले यो काम गर्न सक्दैनस भनेर शुरुमा धेरै साथीहरुले गिज्याए” ,उनले भने ।

सदरमुकाममा ‘आशिष हेअर ड्रेसर’ सञ्चालन गरेका उनले मासिक २५ देखि ३० हजार सम्म कमाउने गरेको सुनाए । “ड्राईभर छँदा मासिक १० देखि १२ हजार सम्म कमाई हुन्थ्यो, दुख पनि उत्तिकै हुन्थ्यो” भुसालले भने, “तर अहिले सजिलै राम्रो आम्दानी भइरहेको छ ।”

दुई वर्ष अघि सदरमुकाममै रहेको एउटा हेअर कटिङ्ग शैलुनमा तीन महिनासम्म तालिम लिएर काम शुरु गरेका भुसालले कुनै पनि पेशालाई जाति, समुदायसँग जोडेर हेर्न नहुने बताए ।

उनको ‘हेअर ड्रेसर’मा विहानदेखि वेलुकासम्म नै ग्राहकहरुको घुइँचो लाग्ने गरेको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>