थप समाचारशनिबार, आषाढ १५, २०७०
कृषिलाई औद्योगिकरण नगर्दासम्म विकास हुँदैनः यादव
किसान फोरमले १५ असारमा विराटनगरमा गरेको किसान दिवसका अवसरमा अध्यक्ष यादवले कृषिमा आधारित जीवन परिवर्तन गर्न नसके गरिवी र बेरोजगारी नहट्ने बताए । कृषिमा औद्योगिकीकरण गरिए युवाहरु रोजगारीका लागि विदेशीनु नपर्ने उनको भनाई छ ।
अवैज्ञानिक र परम्परागत खेतीले उब्जनी कम भएको बताउँदै यादवले अधिक लगानी र बढी परिश्रम गरेपनि किसानलाई जीवन निर्वाह गर्न समस्या परिरहेको बताए ।
खेती योग्य जमिनलाई चार भागमा वर्गिकरण गर्नु पर्ने भन्दै उनले खेति गर्ने जमिनमा भईरहेको जथाभावी निर्माण रोक्नु पर्ने बताए । “खेतियोग्य जमिनमा ब्यापक प्लटीङ भई रहेको छ” यादवले भने, “उत्पादन घट्दैछ, जनसंख्या बढ्दैछ भविष्यमा संकट उत्पन्न हुन्छ ।” उनले खेती नहुने जमिनमा मात्रै उद्योग र घर बनाउनु पर्ने बताए ।
किसान दिवसका अवसरमा आयोजित रोपाई कार्यक्रममा अध्यक्ष यादवलेपनि धान रोपेका थिए ।
कमल रिमाल, विराटनगर
