थप समाचारशनिबार, आषाढ १५, २०७०
एक ट्रक रक्तचन्दन सहित चारजनालाई नियन्त्रणमा
रक्तचन्दन रसुवागढिसम्म पु¥याएर स्याफ्रुबेसीको स्काई होटलमा बास बसेका एमाओवादीका निवर्तमान रसुवा जिल्ला सेक्रेटरी माधव लामिछानेसहित चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा रसुवा धुञ्चेका बिरेन्द्र सिंह तामाङ, रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, सिन्धुपाल्चोक तातोपानीका लाले तामाङ र पुर्णबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रक्तचन्दन चीनतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक हगेन्द्रपुरुष ढकालले जानकारी दिएका छन् ।

