समाचारआइतबार, आषाढ १६, २०७०

वैद्यको प्रस्तावमा आजदेखि छलफल

हिमालखबर

१५ असारमा पोखरामा शुरु भएको नेकपा–माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यले चुनाव बहिष्कार गर्ने औपचारीक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल हुनेछ ।

वैद्यले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरी प्रस्ताव पेस गरेका छन् । प्रस्तावमा केन्द्रीय सदस्यहरुले टिप्पणी गरेपछि पार्टीले संविधानसभा निर्वाचनका विषयमा आधिकारिक निर्णय गर्ने पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए ।

पहिलोपटक उपत्यका बाहिर शुरु भएको बैठकमा आगामी संविधानसभाको औचित्य, पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुनेछ ।

बैठकमा अध्यक्ष वैद्यसँगै महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टै प्रस्ताव पेश गरेका छन् ।

चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय, पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरुको सहभागिता रहेको नेकपा–माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>