समाचारआइतबार, आषाढ १६, २०७०
सुनसरी कारागारबाट भागेका भारतीय अपराधि पक्राउ
झुम्का कारागारबाट २३ कार्तिक २०६९ मा फरार भएका धिरेन्द्र यादव, बमबम यादव र सुवास झा भारतको वीरपुरबाट पक्राउ परेका छन् । तीनै जना भारतीय नागरिक हुन् ।
उनीहरुलाई नेपाल र भारतीय प्रहरीको संयुक्त प्रयासमा सुनसरीको सिमावर्ती भारतीय क्षेत्र वीरपुरबाट पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
धिरेन्द्र यादवले भारतमा ४२ जनाको र सप्तरीमा ७ जनाको हत्या गरेको प्रहरीले बताएको छ । यस्तै उनीमाथि किर्ते नागरिकता, लुटपाट, फिरौती असुली, ज्यान मार्ने धम्कीलगायत विभिन्न आठ वटा मुद्दा लागेको छ ।
प्रहरीका अनुसार दुई दिनअघि मात्र यादवले सप्तरीका एक व्यपारीबाट ७ लाख रुपैयाँ उठाएका थिए । पक्राउ परेका तीन जनाको साथबाट एसएमजीमा लाग्ने १७ राउण्ड गोली पनि बरामद भएको छ ।
उनीहरुले सप्तरी र सुनसरीलाई केन्द्र बनाएर आपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई भारतको पटना लैजान लागिएको भारत विरपुरका डिसपी मनोजरामले जानकारी दिएका छन् ।
