समाचारआइतबार, आषाढ १६, २०७०

निर्वाचन सफल पार्ने जिम्मा दलहरुकैः रेग्मी

हिमालखबर

पूर्व सांसद क्लवको तेस्रो राष्ट्रिय सम्मेलन तथा ५५औं सांसद दिवसको अवसरमा १६ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सफल पार्ने मुख्य जिम्मा दलहरुको भएको भन्दै सफलता हासिल भए त्यसको जस पनि दलहरुकै हुने बताएका छन् ।

“लोकतन्त्रको मुख्य कडी र आधार स्तम्भ भनेकै निर्वाचन हो, संसारमा जस्तोसुकै शासन व्यवस्था भए पनि संसद अनिवार्य हुने गरेको छ,” अध्यक्ष रेग्मीले भने । उनले स्वतन्त्र, निष्पक्ष र धाँधलिरहित निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको दोहराए ।

आगामी निर्वाचनका लागि पूर्व सांसदहरुको अनुभव र ज्ञानको ठुलो भूमिका हुने टिप्पणी गर्दै उनले निर्वाचन सफल पार्ने दिशामा सक्दो सहयोग गर्न पूर्व सांसदहरुलाई आग्रह गरे ।

मञ्चका अध्यक्ष पूर्व सभामुख तारानाथ रानाभाटले विगतमा कृत्रिम ढङ्गले संविधानसभाको विघटन गरिएकाले विघटनको कारण र यथार्थ दलहरुले जनता समक्ष स्पष्ट पार्न आग्रह गरे ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिकुमार न्यौपाने, सरकारका मुख्य सचिव लिलामणि पौडेल, नेपालका लागि चिनिया राजदूत याङ हौलाङ, रसियाका राजदूत डा.सेरगी भि भेलिकिनलगायतको उपस्थिति थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>