समाचारआइतबार, आषाढ १६, २०७०
यदुवंश झा एमालेमा प्रवेश
जनकपुरमा १६ असारमा आयोजित कार्यक्रममा माले समाजवादीका सह–अध्यक्ष एवम् पूर्वमन्त्री यदुवंश झालाई नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।
यदुवंश झा पहिले पनि एमालेका पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन् । २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा गत वर्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हु“दा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बन्न पुगेका थिए ।
झाले नेकपा एमालेले धनुषामा क्षति भएको आ“कलन गरेर आफूलाई पार्टीमा ल्याएकोले क्षतिपूर्ति गरेर देखाउने दाबी समेत गरेका छन् ।
एमालेका नेताहरुले धनुषाकै रामचन्द्र झाले पार्टी परित्याग गरे पनि उनको विकल्पको रुपमा यदुवंश झा आएको टिप्पणी गरेका थिए ।
‘निर्वाचन दुई चरणमा’
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपालले मंसीर ४ का लागि निर्धारित संबिधानसभाको निर्वाचन दुई चरणमा गरिनुपर्ने धारणा व्यक्त गरे ।
“म्यादी प्रहरी भर्ना गरेर एकैपटक गरिने चुनाव निष्पक्ष नहुने भएकोले पहिला पहाडमा र पछि तराईमा गरेर दुई चरणमा सुरक्षकर्मीकै निगरानीमा चुनाब हुनुपर्छ,” नेपालले भने ।
उनले मधेशवादी र माओवादीले जातीय नारा दिएर साम्प्रदायिक सद्भाब बिथोल्ने काम गरेको आरोप लगाउ“दै थपे, “रौतहटको गौर नरसंहारसम्म एक अर्कालाई हेर्नै नसक्ने अवस्था रहेका दुई पक्षबीच बिचित्रको गठबन्धन भएको छ ।”
कार्यक्रममा महासचिब ईश्वर पोखरेलले गलत बिचार लिएर राजनीतिमा आएको माओवादीलाई पराजित नगरेसम्म संबिधान निर्माण नहुने दाबी गरे ।
इश्वरचन्द्र झा, जनकपुर
