समाचारसोमबार, आषाढ १७, २०७०
बैद्य सहभागी नभए पनि चुनाव हुन्छ: पोखरेल
१६ असारमा दाङ्को घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिब शंकर पोखरेलले मोहन बैद्यहरु सहभागी नहुँदैमा संविधानसभा निर्वाचन नरोकिने दाबी गरेका छन् ।
“मुख्य दलहरु सवै सहभागी भए चुनाव हुन्छ, केही साना दलहरु सहभागी नहुँदैमा केही फरक पर्दैन,” पोखरेलले भने ।
उनले मुलुकको हितका लागि निर्वाचन प्रक्रियामा सहभागी हुन नेकपा–माओवादीलाई आग्रह पनि गरे ।
असन्तुष्ट दलहरुलाई चुनावमा भाग लिने वातावरण बनाउनका लागि एमालेले वार्ता गरिरहेको समेत पोखरेलले जानकारी गराएका थिए ।
‘बाबुरामको नौटंकी’
बाबुराम भट्टराईले एमाओवादी उपाध्यक्षबाट पदत्यागको घोषणा गर्नुलाई उनले ‘नौटङ्की’ भने ।
“मुस्ताङ चढेर राज्यको ढुकुटी सक्नु र हिसिलालाई कोषाध्यक्ष बनाएर आफूले उपाध्यक्ष छोड्नु उस्तै नौटङ्की हो” पोखरेलको भनाई थियो ।
गजेन्द्र बोहरा, दाङ
