थप समाचारसोमबार, आषाढ १७, २०७०

१४ असारको भुकम्पले रुकुममा क्षति

हिमालखबर

विपद व्यवस्थापन पत्रकार समाज नेपाल रुकुमले १६ असारमा सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका विभिन्न स्थानका निजी र सार्वजनिक भवनहरुमा भुकम्पले क्षति पुर्‍याएको छ ।

१४ असार साँझ साढे ५ बजे करिब ५ सेकेण्डसम्म आएको ५ दशमलव ५ रेक्टरको भुकम्पले सदरमुकाम खलंगा–६ स्थित प्रहरी चौकी भवन र वडा नं. २ मा निजी भवनमा क्षति पुगेको छ ।

त्यस्तै रुकुमकोटमा १३ वटा निजी घर र चारवटा विद्यालय भवन, सिम्ली गाविसमा दुई निजी घर, पसल, उपस्वास्थ्य चौकी, उमावि भवन, पुर्तिमकाँडा गाविसको प्रहरी चौकीको भवन भत्केको छ । वडा नं. २ मा मोहन कुमार वुढाको घर भत्कंदा छोरा चेतन वुढा सामान्य घाइते भएका छन् । वडा नं. १ मा ५ वटा घरमा क्षति भएको छ ।

त्यस्तै मग्मा गाविस कार्यालयको भवन, उप स्वास्थ्य चौकी, वडा नं. १ दुईवटा घर, कोटजहारी गाविसमा एक प्रावि र तीनवटा घर, आठविसकोटमा ४ वटा निजी घर र एउटा प्रावि भवन भत्केको छ ।

क्षति पुगेको अधिकांश भवनहरु चर्किएका छन् भने कतिपय भत्किएका पनि छन् ।

पत्रकार समाजका अध्यक्ष वीरबहादुर मल्लले यो प्रारम्भिक प्रतिवेदनमात्रै भएको बताउँदै अझै क्षति विवरण संकलन भइरहेको पनि बताए । त्यस्तै समाजले पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।

यसअघि गत फागुनमा पनि त्यही स्थानलाई केन्द्र बनाएर रुकुममा भुकम्प गएको थियो ।

गजेन्द्र बोहरा, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>