समाचारसोमबार, आषाढ १७, २०७०

कांग्रेस जातीय संघीयताको पक्षमा छैनः कोइराला

हिमालखबर

उपचारको क्रममा अमेरिकामा रहेका कांग्रेस सभापति कोइरालाले नेपाल–अमेरिका जनसम्पर्क समितिले न्युयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको कार्यक्रममा कांग्रेस संघीयता विरोधी नभएको तर जातीय संघीयताको पक्षमा पनि नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम नेपाललगायत आन्दोलनरत दलका नेताहरुसँग चुनावमा सहभागी हुनेबारेमा कुराकानी भइरहेको बताउँदै नेपाली जनता पनि निर्वाचनको पक्षमा रहेकाले निर्वाचन हुने कुरामा कुनै शंका नरहेको बताए ।

“आउँदो निर्वाचनमा नेताहरुको वरिपरि घुम्ने र राजधानीमा बस्नेले होइन, जिल्लामा काम गर्ने र क्षेत्रले स्वीकृत गरेर पठाएका उम्मेदवारीलाई पार्टीले टिकट दिनेछ,” एक अर्को प्रसङ्गमा सभापति कोइरालाले भने ।

उक्त कार्यक्रममा नेपालका बाढीपीडितलाई राहत दिनको लागि त्यहाँका काँग्रेस सक्रिय सदस्यले ५० डलर र साधारण सदस्यले इच्छाअनुसार दिने निर्णय भएको छ ।

जिब्रोमा क्यान्सर भएपछि अमेरिकामै शल्यक्रिया गराएका सभापति कोइराला त्यहाँको सोनो क्याटरिङ क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>