समाचारसोमबार, आषाढ १७, २०७०

प्रशासन कार्यालयको शौचालयबाट कैदी भागे

हिमालखबर

म्याद थपका लागि प्रहरीले १७ असारमा जिल्ला प्रशासन कार्यालय दाङमा लगेका कैदी श्याम गुरुङ प्रशासन कार्यालयकै शौचालयमा गएका बेला भेन्टिलेशनबाट भागेका छन् । उनलाई दुई घण्टापछि प्रहरीले फेला पारेको थियो ।

तुलसीपुरस्थित एक पेट्रोलपम्प तोडफोडको आरोपमा १६ असार साँझ पक्राउ परेका नारायणपुर गाविस–२ का गुरुङलाई प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएको थियो । त्ससक्रममा शौचालय जान्छु भनेपछि सँगै गएका प्रहरीले उनको हतकडी खोलिदिएका थिए । शौचालय गएको लामो समयपछि पनि नफर्किएपछि उनी भेन्टिलेशनबाट भागेको प्रहरीले थाहा पाएको थियो ।

प्रमुख जिल्लाअधिकारी रवीलाल पन्थले सुरक्षा लार्पबाही भएको भन्दै प्रहरीसँग बयान लिएको बताएका छन् ।
“प्रशासनको अघिल्लो गेटमा त प्रहरी हुन्छ नै, तर पछिल्लो पर्खाल नाघेर भागेछ, दुई घण्टापछि फेला पर्‍यो” उनले भने “प्रहरीसँग इन्क्वायरी गरेको छु, अबदेखि लार्पबाही नगर्नु भनेर चेतावनी दिएको छु ।”

प्रशासन कार्यालयबाट फरार भएका कैदी गुरुङलाई प्रहरीले उनकै गाउँ नारायणपुरमा फेला पारेको थियो ।
गजेन्द्र बोहरा, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>