समाचारसोमबार, आषाढ १७, २०७०
चेलिबेटी बेच्नेलाई छुटाउन चक्काजाम, पत्रकारमाथि दुर्ब्यवहार
नुवाकोटको सुन्दरादेवीका एमाओवादी गाउँ सचिव बीबीलाल तामाङले ५ भदौ २०६९ मा उर्लेनीकी १९ बर्षीया एक युवतीलाई भारतमा बिक्रि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
भारतमा बेचिएकी युवतीका बावुले दिएको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको थियो।
पत्रकारमाथि दुर्व्यवहार
एमाओवादीले गरेको चक्काजामको समाचार संकलन गर्न गएका पत्रकारमाथि एमाओवादी कार्यकर्ताहरुले दुव्र्यवहार समेत गरेका छन् ।
समाचार संकलन गर्न गएका रेडियो त्रिशुलीका स्टेशन इञ्चार्ज जगदीश खनाल, र रेडियो जालपा नुवाकोटका समाचार प्रमुख रामहरी न्यौपानेलाई एमाओवादीका कार्यकर्ताहरुले ‘पत्रकार भन्दैमा मोटरसाइकल चढ्न पाउछस् ?” भन्दै लछारपछार गरेका थिए ।
चेलीबेटी बेच्ने कार्यकर्ताको छुटाउन गाँउगाँउबाट आएका एमाओवादीका कार्यकर्ताहरुले पत्रकारहरुले समाचार संकलनमा तथा प्रकाशन प्रसारणमा एमाओवादीलाई प्रथामिकतामा नराखेको भन्दै पत्रकारहरुलाई सच्चिन चेतावनी समेत दिएका छन् ।
घटनाका विषयमा नेपाल पत्रकार महासंघ नुवाकोट, रेडियो त्रिशुली र रेडियो जालपाले आफ्नो आपत्ति जनाएका छन् ।
सुन्रदादेवी गाविस– ८ काउलेका बीबीलाल लामालाई प्रहरीले अघिल्लो साता पक्राउ गरे पनि सोही स्थानका अर्का सोम्पर तामाङ भने फरार छन् ।
