थप समाचारमंगलबार, आषाढ १८, २०७०
अमेरिकामा नेपालीहरुको सम्मेलन, सम्पूर्ण तयारी पूरा
‘नेपाल र नेपालीका लागि’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको सम्मेलनमा १३ हजार भन्दा बढी नेपालीको सहाभागिता हुने र सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
सम्मेलनका प्रमुख संयोजक समीर महर्जनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सम्मेलनका लागि कलाकार मह जोडी, विश्व कीर्तिमानी सगरमाथा आरोहीहरुको आरोहण प्रर्दशनी, ब्यवसायिक स्टल लगायत खेलकुद र सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
अमेरिकाबासी नेपालीलाई एकै थलोमा भेला गराई नेपाल र नेपालीको हितमा केही गरौ भन्ने यो सम्मेलनको मुख्य उद्देश्य रहेकोले यस पटक विभिन्न समसामयिक विषयमा परिचर्चा हुने आयोजकको भनाई छ ।
संयोजक मर्हजनका अनुसार ४ तारिख विहान ९ बजेदेखि १० सम्म परेड कार्यक्रमसंगै नेपालको राष्ट्रिय गीत गाएर कार्यक्रमको उद्घाटन गरिने छ ।
सम्मेलनमा नेपाली उद्योगी कुश कुमार जोशी नेतृत्वको नेपाल पुर्वधारा विकास कम्पनी ९एनपिविएल० ले ९ हजार डलर सहयोग गरेको छ । सम्मेलनलाई स्थानीय नेपाली ब्यवसायीहरुले पनि प्रयोजन गरेका छन् ।
अमेरिकाका लागि नेपालका राजदुत डा शंकर राज शर्मा, नेपालका लागि अमेरिकी राजदुत पिटर बोडे र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको सम्मेलनमा विशेष उपस्थिति हुनेछ ।
एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पाका अनुसार सम्मेलनमा विश्वभरबाट डेलिगेट्स आउनेछन् ।
ङिमा पाख्रिन, न्युयोर्क

