समाचारबुधबार, आषाढ १९, २०७०

जंगलमा ठूलो परिमाणमा विष्फोटक पदार्थ भेटियो

हिमालखबर

रोल्पाको गैरिगाउँमा पहिले माओवादी लडाकुको शिविर रहेको स्थानबाट एक घण्टाको पैदल दुरीमा रहेको थुर्पा जंगलमा ७० थान सकेट बम, बारुद बनाउने गन्धक दुई बोरा र बम बनाउन प्रयोग हुने फलामे पाइप दुई बण्डल भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिएका छन् ।

उक्त बिष्फोटक पदार्थ थुर्पा जंगलको ओढारमा लुकाईएको अवस्थामा भेटिएको सुवेदीले बताए ।

ओढारमा लुकाईएको उक्त बिष्फोटक पदार्थ लडाकु शिविरको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले भेटाएको हो । विष्फोटक पदार्थलाई डिष्पोजको तयारी भैरहेको प्रजिअ सुवेदीले बताए ।

“त्यो पदार्थ पुरानो जस्तो देखिन्छ” प्रजिअ सुवेदीले भने “सशस्त्र युद्धकै समयमा राखिएको हुन सक्छ ।” जिल्ला प्रहरी कार्यालय रोल्पाले उक्त बिष्फोटक पदार्थ बारे अनुसन्धान भैरहेको जनाएको छ ।

गजेन्द्र बोहरा, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>