समाचारबुधबार, आषाढ १९, २०७०

बल प्रयोग गरेर भए पनि चुनाव गर्नुपर्छः गौतम

हिमालखबर

चितवनको वीरेन्द्रनगरमा १९ असारमा आयोजित कार्यक्रममा एमाले नेता वामदेव गौतमले निर्वाचनको विरोध गरिरहेका दलहरुलाई अन्तिम समयसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गर्ने तर, सहमतिमा नआए राज्य शक्तिको प्रयोग गरेर भएपनि निर्वाचन गराउनु पर्ने बताएका छन् ।

उनले ४ मंसीरमा निर्वाचन नभए देश असफल हुने भएकाले सरकार, राजनीतिक दल र नागरिक मिलेर निर्वाचन सफल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष गौतमले ‘चुनाव हुन दिन्नौं’ भन्नु मानव अधिकारको हनन् हुने बताउँदै पहिलो संविधानसभाको निर्वाचनबाट संविधान बन्न नसक्नुमा एमाओवादी र मधेशी मोर्चाको षड्यन्त्र रहेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>