समाचारशुक्रबार, आषाढ २१, २०७०
उत्तराखण्डमा अझैं ५० नेपाली वेपत्ताः परराष्ट्र
परराष्ट्र मन्त्रालयले २१ असारमा पत्रकार सम्मेलन गरी अझैं ५० जना नेपाली हराइरहेको र उनीहरु जीवितै फेला पर्ने सम्भावना क्षीण हुँदै गएको बताएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले उत्तराखण्डका विभिन्न भागमा फँसेका नेपालीको उद्धारका लागि भारत सरकारसँग अनुरोध गरिएको र नयाँदिल्लीस्थित नेपाली दूतावासका दुई जना कर्मचारीलाई उद्धार तथा सहयोगका लागि देहरादुनमा खटाइएको बताए ।
खुर्सिद आउँदै
परराष्ट्र प्रवक्ता थापाले गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा भारतीय विदेशमन्त्री सलमान खुर्सिद दुई दिने औपचारिक भ्रमणका लागि २५ असारमा नेपाल आउने तय भएको जानकारी पनि दिए ।
नेपाल बसाइमा विदेशमन्त्री खुर्सिदले राष्ट्रपति ड. रामवरण यादव, अन्तरिम चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री घिमिरे लगायतलाई भेट्ने कार्यक्रम तय भएको जानकारी परराष्ट्रले दिएको छ ।
