समाचारशुक्रबार, आषाढ २१, २०७०

निर्वाचन आयोगद्वारा आचारसंहितामाथि अन्तिम छलफल

हिमालखबर

यसअघि राजनीतिक दलहरुसँग छलफल गरिसकेको आयोगले नागरिक समाजका अगुवाहरुसँग २१ असारमा छलफल गरेपछि आचारसंहितामाथि औपचारिक छलफल सकिएको जनाएको हो ।

निर्वाचन आयोगका आयुक्त अयोधिप्रसाद यादवले आवश्यक परे केही सुझावहरु पुनः लिन सक्नेगरी आयोगले प्रारम्भिक छलफल सकेको साथै असार मसान्तसम्म संसोधित ड्राफ्टलाई अन्तिम रुप दिने र साउन पहिलो सातादेखि आचारसंहिता पूर्ण रुपमा लागु हुने जानकारी दिए । छलफलका क्रममा नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरुले आचारसंहितालाई बाध्यकारी बनाउनका लागि पहल गर्न आयोगलाई सुझाव दिए।

त्यसैगरी पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र सूर्यप्रसाद श्रेष्ठले आचारसंहिता कार्यान्वय गर्ने निकाय राजनीतिक दलहरु भएकाले उनीहरुलाई सहज हुनेगरी आचारसंहिता जारी गर्न सुझाव दिएका छन् । यद्यपी आचारसंहिताको कार्यान्वयनका लागि भने आयोगले कुनै सम्झौता गर्न नहुने उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>