समाचारशनिबार, आषाढ २२, २०७०
मादीमा बस खस्दा ११ को मृत्यु(तीन तस्वीर)
असार २२ साँझ साढे पाँच बजे भएको दुर्घटना परेका ८ यात्रुलाई जिवितै उद्धार गरेर अस्पताल लगिएको छ । तनहुँका प्रहरी प्रमुख एसपी देवबहादुर बोहोराका अनुसार मृत्यु हुनेमा ७ पुरुष ४ महिला र एक चार वर्षीय बालक छन् । ९ जनाको शव निकालिएको छ भने महिला र पुरुषको दुई वटा शव बसबाट निकाल्न सकिएको छैन । उद्धार गरिएका मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । ना ४ ख ४६८४ नम्बरको बस दमौलीको पुलबाट मादी नदीको भङ्गालोमा खसेको हो । स्थानीयबासी, सेना, प्रहरी उद्धारको लागि खटिएका छन् ।
उद्धारमा खटिएकाले बताए अनुसार बसको आधा भाग पानीमा डुबेको छ । मादीमा पानी धमिलो भएकोले उद्धार गर्न कठिनाइ भएको छ । केही यात्रु मादीमा बगेको आंशका गरिएको छ । बसमा करिव ३० यात्र भएको अनुमान प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
माधव बराल, पोखरा



