समाचारआइतबार, आषाढ २३, २०७०
बाढी पीडित आन्दोलनमा
२ असारमा आएको बाढी र पहिरोका पीडितहरुले दश बुँदे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । २३ असारमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा दुई घण्टा धर्ना दिएर पीडितहरुले आन्दोलन घोषणा गरेका हुन् ।
२४ असारमा यातायात र बजार बन्द गर्ने तथा २४ असारसम्म पनि माग पुरा नभए अनिश्चितकालीन बन्द गर्ने संघर्ष समितिका अध्यक्ष बृखबहादुर शाहीले बताए । बाढी र पहिरोमा परेका घाइतेको उपचार, बेपत्ता भएकालाई मृतक घोषणा र परिवारलाई शीघ्र राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी धनजनको क्षतिको बिवरण सङ्कलन, विस्थापितका लागि पुनर्बासको व्यवस्था गर्नुपर्ने माग समेत उनीहरुले अघि सारेका छन् । बाढीमा कालीकोटको मेहलमुडी र सिपखाना गाविसबीच रहेको चोक्टेबगर र डङ्सिले बजारका एकै परिवारका चार सहित १३ जनाले ज्यान गुमाएका थिए ।
रासस
