समाचारआइतबार, आषाढ २३, २०७०
लचक भयौं भन्नुको अर्थ छैनः वैद्य
प्रमुख चार दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठकले चुनाव सार्ने र रेग्मी नेतृत्वको सरकार परिवर्तन गर्ने वाहेकका विषयमा लचक भएर प्रस्तुत हुने निर्णय गरेको भोलिपल्ट वैद्यले यस्तो प्रतिक्रिया जनाएका हुन । अनेरास्ववियु (क्रान्तिकारी)ले २३ असारमा राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, “दलीय सरकार बनाउने र २५ बुँदे बाधा अड्काउ खारेज नगरी अन्य विषयमा मात्र सहमति गरौं भन्नुको अर्थ छैन ।” वैद्यले गोलमेच सभा गरी राष्ट्रिय सहमतिको सरकार बनाउने मागको सुनुवाइ नगरी जबर्जस्ती चुनाव गर्न खोजे त्यसको प्रतिकार गरिने बताए ।
कार्यक्रममा वैद्यले निजी विद्यालयलाई साथ लिएर समुदायिक विद्यालयलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै शैक्षिक क्षेत्रमा नयाँ रुपान्तरण तथा सामाजिक, साँस्कृतिक तथा आर्थिक दिशातर्फ उन्मुख हुने शिक्षा नीति आवश्यकता रहेकोमा जोड दिए ।
