थप समाचारसोमबार, आषाढ २४, २०७०

बिजुलीले ल्याएको खुशी

हिमालखबर

बिजुली बालेपछि खुशीसाथ तस्वीर खिचाउँदै स्थानीय ।

तीन गाविसमा पोल गाडेको दस बर्षपछि बिजुली बलेको हो ।

धनचौरका शेषकान्त गैरेले विद्युत ल्याउनका लागि लैनो भैंसी बेचेर पैसा जम्मा गरेपनि अहिले खुशी लागेको बताए ।

सामुदायीक ग्रामीण विद्युत वितरण केन्द्रद्धारा सञ्चालित गाउँ उज्यालो कार्यक्रम, स्थानीयवासी र गाविसको बजेटबाट बिजुली बाल्न सम्भव भएको हो ।

जनप्रकाश सामुदायिक ग्रामीण विद्युत वितरण परिचालन समितिका सदस्य झविलाल भट्टराईका अनुसार विद्युतीकरणका लागि धनचौरमा रु. २४ लाख, नुवाकोटमा रु. ८ लाख ३५ हजार र ढिकुरामा रु. १४ लाख ३५ हजार खर्च भएको छ ।

प्रेमनारायण आचार्य
, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>