समाचारसोमबार, आषाढ २४, २०७०

विश्व ब्याङ्कसँग तीन परियोजनामा सम्झौता

हिमालखबर

विद्यालय क्षेत्र सुधार कार्यक्रम, गरिबी निवारण कोष र काली गण्डकी जलविद्युत् परियोजनाका लागि २४ असारमा सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र विश्व बैङ्क नेपालका आवासीय प्रतिनिधि सैयदले हस्ताक्षर गरेका हुन । प्राप्त सहायतामध्ये १२ करोड ५० लाख अमेरिकी डलर अनुदान र आठ करोड २२ लाख ६० हजार अमेरिकी डलर ऋण रहेको छ ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमको चालु परियोजनाअनुसार कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको संरचनामा लान दश करोड डलर, गरिबी निवारणका लागि आठ करोड डलर र काली गण्डकीका लागि दुई करोड ७२ लाख ६० हजार डलर खर्च गरिनेछ ।

अर्थ सचिव सुवेदीले सहयोगका लागि बैंकप्रति आभार व्यक्त गर्दै यसको सदुपयोगको विश्वास दिलाए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>