समाचारसोमबार, आषाढ २४, २०७०
वैद्य नेतृत्वमा वार्ता टोली गठन
राजधानीस्थित राष्ट्रिय सभागृहमा २४ असारमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार वार्ताटोलीमा माओवादी उपाध्यक्ष सिपि गजुरेल, महासचिव रामबहादुर थापा तथा सचिवद्वय देवप्रसाद गुरुङ र नेत्रविक्रम चन्द सदस्य छन् ।
कार्यक्रममा अध्यक्ष वैद्यले अग्रगामी निश्कर्षका लागि निःशर्त वार्तामा बस्न लागेको बताए । सरकार र सरकार पक्षीय दलले आव्हान गरे अनुसार आफूहरूले टोली गठन गरेको उनको भनाई थियो । वैद्यले वार्तामा सहमति नभए आगामी १० साउनबाट आन्दोलन गर्ने चेतावनी समेत दिए ।
प्रमुख चार दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठकले मंसिरको चुनाव सार्ने र रेग्मी नेतृत्वको सरकार परिवर्तन गर्ने बाहेकका विषयमा लचकता अपाउन सकिने निर्णय गरेको थियो ।
