थप समाचारसोमबार, आषाढ २४, २०७०
महासंघ अधिनायकवादको विपक्षमाः गाउँले
पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र महासंघ रोल्पा शाखाको संयोजनमा सदरमुकाम लिबाङमा २४ असारमा सम्पन्न दुई दिने ‘खोज तथा विकास पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम’ मा बोल्दै अध्यक्ष गाउँलेले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष गाउँलेले महासंघ लोकतन्त्र र आवधिक निर्वाचनको पक्षमा रहेको उल्लेख गरे । पत्रकारहरूले दक्षताबृद्धि गर्नुपर्ने उनको भनाई थियो ।
अध्यक्ष गाउँले र महासंघका पूर्व उपसभापति चिरञ्जीवि अर्यालले तालिमको सहजीकरण गरेका थिए । कार्यक्रममा रोल्पाका स्थानीय विकास अधिकारी हीरालाल रेग्मी र रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ओमबहादुर राना मगर समेत सहभागिता थिए । रोल्पा र प्युठानका ३३ छापा तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु तालिममा सहभागी थिए ।
हीराबहादुर घर्तीमगर, रोल्पा
