समाचारमंगलबार, आषाढ २५, २०७०
भारतीय विदेशमन्त्री खुर्सिद काठमाडौंमा
नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका खुर्सिद २५ असारमा काठमाडौं आईपुगेका हुन । आए लगत्तै उनी परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेसँग द्विपक्षीय बैठकमा सहभागी भईसकेका छन् ।
राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार एमाओवादी, कांग्रेस, एमाले र मधेश दलका नेताहरूसँग बत्तिसपुतलीस्थित होटल द्वारिकामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । खुर्सिद नेपालमा नौ घण्टा रहनेछन् ।
