थप समाचारमंगलबार, आषाढ २५, २०७०
बाढीले १४ परिवार विस्थापित
दुई दिनदेखि परेको पानीले कोइलापानीमा बाँधेको बाँध भत्कँदा खहरे खोला उर्लिएर वस्तीमा पसेपछि शिव मन्दिर गाविसको ३, ५,६,७,८, र ९ का वासिन्दा विस्थापित भएका हुन् ।
विस्थापितहरु छिमेकीका घरमा शरण लिएर बसिरहेका छन् । बाढीले करिब दुई बिगाहा खेती योग्य जमिन बगर बनाएको छ । १९ किलो मिटर लामो खोलाको तटबन्धनमा सरकारले ध्यान नदिँदा यस्तो समस्या आएको नागरिक समाज नवलपरासीका सचिब भोजराज दाहालले बताए ।
बाढीलाई खोलाकै धारमा फर्काउनका लागि नेपाल प्रहरी र स्थानीयवासिन्दा सोमबार बिहानबाटै लागे पनि सफल हुन सकेको छैन ।
विद्रोही गिरी/ नवलपरासी
