समाचारमंगलबार, आषाढ २५, २०७०

दुई दिन अघि नै फर्किए दाहाल

हिमालखबर

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल २५ असार दिउँसो सिंगापुरबाट स्वदेश फर्किएका छन् । पत्नीको उपचारका लागि २३ असारमा सिंगापुर गएका दाहाल भारतीय बिदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न भ्रमण दुई दिन छोट्याएर फएिका हुन् । दाहालका सहयोगी शिव खकुरेलले चार दिनका लागि उनीहरु सिंगापुर गएको बताएका थिए ।

भारतीय बिदेशमन्त्री खुर्सिद ९ घण्टा लामो भ्रमणमा आजै काठमाडौ आएका हुन् । पहिले केही दिन लामो हुने अनुमान गरिएको खुर्सिदको भ्रमण केही घण्टामा खुम्चिएपछि नेताहरुको दौडधुप देखिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>