समाचारआइतबार, जेठ २८, २०६९
सूर्यबहादुर थापाको शल्यक्रिया
थापाको स्वास्थ्यमा केही सुधार पनि भएको जानकारी २८ जेठमा आयोजित पत्रकार सम्मेलनमा गराइयो । अस्पतालका डा. भरत रावतका अनुसार पूर्वप्रम थापालाई अहिले पनि भेन्टिलेटरमै राखिएको छ । डा. रावतका अनुसार, थापाको रक्तचाप र मुटुको गतिमा सुधार आएको छ ।
जनशक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको संयुक्त बैठक चलिरहँदा अचानक बेहोस भएपछि २७ जेठ बिहान थापालाई अस्पताल भर्ना गरिएको थियो ।
