समाचारबुधबार, आषाढ २६, २०७०
३५ केजी सुनसहित एक पक्राउ
तातोपानी नाकाबाट बा ३ ख २५८० नम्बरको कन्टेनरमा राखेर राजधानी ल्याएको सुन सिआइबीले २५ असारमा कोटेश्वरमा समातेको हो । सुनसँगै ट्याङ्कर चालक सिन्धुपाल्चोकका निमाछिरिङ तामाङ पक्राउ परेका हुन ।
सीआइबी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकास अर्यालले तस्कर समूहले भारत लौजान लागेको सुन पक्राउ गरिएको जानकारी दिए । तस्करीमा विभन्नि व्यक्तिको संलग्नता रहेको र उनीहरूबारे थप अनुसन्धान भइरहेको अर्यालले बताए ।
सुनको मूल्यमा उतार चढाब आएसँगै सुन तस्करीका घटनामा उल्ेख्य वृद्धि भएको छ । यसअघि पनि तातोपानी नाकाबाट राजधानी भित्र्याउन लागिएको सुन प्रहरीले पटकपटक बरामद गर्दै आएको छ । यति धेरै परिमाणमा अवैध सुन बरामद गरिएको भने यो पहिलो पटक हो ।
देबकी विष्ट, काठमाडौं
