समाचारबिहीबार, आषाढ २७, २०७०

८० हजार भुटानी शरणार्थी युरोप पुगे

हिमालखबर

पुनर्बासमा सबभन्दा बढी ६८ हजार ७० शरणार्थी अमेरिका पुगेका छन् । अष्ट्रेलियामा चार हजार तीन सय ५८, क्यानाडामा पाँच हजार पाँच सय ३९, डेनमार्कमा सात सय ५९ जना, नेदरल्याण्डमा तीन सय २६, न्युजिल्याण्डमा सात सय ९६, नर्बेमा पाँच सय ४६ र बेलायतमा तीन सय ५० जना गएका छन् ।

राष्ट्र संघीय शरणार्थी आयोगको ६ दशक लामो इतिहासमा यो सबभन्दा ठुलो शरणार्थी पुनर्बास कार्यक्रम हो । भुटानले आफ्ना नागरिक फिर्ता लिन नमानेपछि आयोगले ४ मार्च २००८ देखि भुटानी शरणार्थीलाई स्वेच्छिक पुनर्बासमा पठाईरहेको छ ।

झापा र मोरङका तीन वटा शिविरमा ३५ हजार ९सय १९ शरणार्थी छन् । उनीहरूमध्ये २७ हजार चारसय ९ जना भुटानी शरणार्थी पुनर्बासको प्रकृयामा छन् भने आठ हजार पाँचसय १० जना शरणार्थी पुनर्बासमा कुनै चासो देखाएका छैनन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>