समाचारशुक्रबार, आषाढ २८, २०७०
हात्तीको आक्रमणबाट मृत्यु
घरमा सुति रहेका बेला स्थानीय धनबहादुर राई(६५)लाई २८ असार बिहान दुई बजे हात्तीले मारेको प्रहरीले जनाएको छ । हात्तीले किच्दा राईको घटना स्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । राईलाई मारेर हात्ती जंगल तर्फ लागेको स्थानीयवासीले बताएका छन् ।
यसैबीच सप्तरीको सितापुर–५ स्थित राजमार्गमा २७ असार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा तेरौता–५ का सुरेश लामिछाने मगर(२७)को मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका मन्दीप राई(१३)को लहानमा उपचार भई रहेको छ ।
कमल रिमाल, विराटनगर
