समाचारशुक्रबार, आषाढ २८, २०७०
बस दुर्घटना, एकको मृत्यु
२८ असार दिउँसो साढे दुई बजे ग १ ख २९१६ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा बसका सहचालक १९ वर्षीय अनिल शर्माको उपचारका क्रममा चरक अस्पतालमा मृत्यु भएको हो ।
अन्य १५ जना घाईते भएका छन् भने घाइते मध्ये एक स्याङजाका सोभियत क्षेत्रीको फेवासिटी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । घाइते मध्ये ११ जनाको फेवासिटी र ४ जनाको चरक अस्पतालमा उपचार भइरहेको छ । बस खसेपछि चालक फरार भएका छन् ।
माधव बराल/पोखरा
