समाचारशुक्रबार, आषाढ २८, २०७०

वैद्य माओवादीको केही माग पुरा हुन्छः खनाल

हिमालखबर

नवलपरासीको गैडाकोटमा २८ असारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खनालले सहमतिका लागि गोलमेच सम्मेलन आयोजना गरिने बताएका  हुन।

अध्यक्ष खनालले त्यस बाहेकका अन्य मागहरु ११ बुँदे राजनितिक सहमति, २५ बुँदु बाधा अड्काउ फुकाउ आदेश र बर्तमान सरकार बिघटनलगायतका माग भने सम्बोधन हुन नसक्ने बताए । माओवादीसंग औपचारिक अनौपचारीक रुपमा भएका छलफलको आधारमा गोलमेच सम्मेलन गर्ने तयारी भएको उनको भनाई थियो । खनालले आगामी ४ मंसिरमा निर्वाचन हुने र त्यसमा माआवादी पनि सहभागि हुने बिश्वास ब्यक्त गरे ।

यसैबीच , एमाले अध्यक्ष खनालले भरतपुर मेडिकल कलेज पुगेर पूर्व मन्त्री किरण गुरुङ्गको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । एक साताअघि काठमाण्डौबाट तनहँ जाँदै गर्दा भएको सडक दुर्घटनामा घाईते भएका गुरुङ्गको कलेजमा उपचार भैरहेको छ ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>