समाचारशनिबार, आषाढ २९, २०७०
मन्त्रीमण्डल विस्तार गर्न सकिन्छः सापकोटा
सापकोटाले एमाओवादी मुख्यालय पेरिसडाँडामा २९ असारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीमण्डल विस्तार तथा उच्चस्तरीय राजनीतिक समिति पुनर्गठन गर्न सकिने बताएका हुन । अहिले समितिमा एमाओवादी, कांग्रेस, एमाले र मधेशी दलका नेताहरू मात्रै छन् ।
कार्यक्रममा सापकोटाले ११ बु“दे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ सहमतिको मर्म अनुसार ४ मंसिरमै निर्वाचन हुने दाबी समेत गरे । असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याएर मंसिरमा निर्वाचन नगराए सरकारको औचित्य सकिने उनको भनाई थियो ।
अर्को प्रसंगमा प्रवक्ता सापकोटाले मुलुक निर्वाचनमा केन्द्रित भएका बेलामा आफ्नो उपाध्यक्ष बाबुराम भट्टराईको पद त्यागको घोषणा गर्नु सान्दर्भिक नभएको टिप्पणी गरे ।
