समाचारशनिबार, आषाढ २९, २०७०
‘गोलमेच सम्मेलन आवश्यक छैन’
अमेरिकामा स्वास्थ्य परिक्षण गराएर फर्केका कोइरालाले २९ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा–माओवादीले भने जस्तो गोलमेच सम्मेलन अहिले आवश्यक नरहेको बताएका हुन । उनले छिमेकी मुलुकहरू पनि निर्वाचनको पक्षमा रहेकाले नेकपा–माओवादी पनि निर्वाचनमा आउने दाबी गरे ।
सभापति कोइरालाले मुलुक कठिन स्थितिबाट गुज्रीरहेको तथा संविधानसभाको निर्वाचन नभए द्धन्द निम्तने चेतावनी दिए । मिति धोषणा भएपछि चुनाव हुनेमा आमजनताको विश्वास बढ्दै गएको उनको भनाई थियो ।
कोइराला जिब्रोको परिक्षण गराउन १३ असारमा अमेरिका गएका थिए । उनको अमेरिकाको न्यूयोर्कको योर्क एभिन्यूस्थित स्रोल्न केटरिङ क्यान्सर रिसर्च सेन्टरमा स्वास्थ्य परिक्षण भएको थियो ।
