समाचारआइतबार, आषाढ ३०, २०७०

बेपत्ता मध्ये एक मृत, दुई युवा सकुशल

हिमालखबर

तीन जनामध्ये दर्बेसा–१ का १६ वर्षीय प्रमोद राजवंशी मृत र सोही ठाउँका ११ वर्षीय दीपक राजवंशी र अविनाश राजवंशी ३० असारमा सकुशल फेला परेका हुन् । २८ असार दिउँसो रङ्गेली–१ स्थित बक्राहाघाटमा पौडी खेल्न भन्दै घरबाट हिँडेका एकै गाउँका तीन बालक घर फर्केर नआएपछि उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्दै स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए ।

खोजी गर्नेक्रममा १६ वर्षीय प्रमोद राजवंशी ३० असार साँझ खोलामा मृत फेला परेका थिए । दुई जना आफन्तकामा गएका इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक माधव काप्mलेले जानकारी दिए ।

सम्पर्कमा आएका बालकहरुले घरबाट सँगै निस्किए पनि खोलामा पौडी खेल्न आफूहरु नगएको बयान दिएका छन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>