समाचारआइतबार, आषाढ ३०, २०७०
मृत कमलरीका परिवारले राहत पाए
२४ जेठमा नेपाल सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिबीच भएको सम्झौता अनुसार मृतक सृजना चौधरीरको परिवारलाई पाँच लाख र मृतक मेघी चौधरीको परिवारलाई एक लाख पचास हजार हरुतान्तरण गरिएको छ । मृतक सृजना चौधरीकी आमा द्रोपती चौधरी र मृतक मेघि चौधरीकी आमा सीता थरुनीले बालबालिका तथा महिला समाजकल्याण मन्त्रालयमा गएर चेक बुझेको संयुक्त संघर्ष समितिका प्रवक्ता सन्तोष दहितले बताए ।
दाङ लालमटियाकी १२ वर्षिया सृजना चौधरीको १४ चैत्र २०६९ मा दाङ देउखुरी नर्ति निवासी हाल ललितपुर चाकुपाटमा डेरा गररेवस्ने इन्जिनियर युवराज पौडेलको डेरामा चौधरीको आगोलागी मृत्य भएको थियो भने कैलालीकी १६ वर्षिय मेघी चौधरीको दाङ निवासी हाल नयाँ वानेश्वरमा काठमाण्डौमा वस्ने बालकृष्ण शाहको घरमा १ भदौ २०६९ मा आगो लगाई विभित्स हत्या गरिएको थियो ।
यसैगरि प्रवक्ता सन्तोष दहितका अनुसार सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति विच भएको सम्झौता अनुसार केहि वुदा कार्यान्यन भएता पनि मुख्य वुँदाहरु भनि ढिलाई गरेको बताएका छन् । कमलरी मुक्त नेपाल घोषणा र सृजनाको घटनाको वारेमा हालसम्म भएको उपल्धीहरु पनि सार्वजनिक गर्ने आश्वासन मन्त्रालयले दिएको बताए । सम्झौता भएको १० वुदे कार्यान्वयन गरिएन भने साउन २ गते पछि पुन कडा आन्दोलन गर्ने प्रवक्ता सन्तोष दहितले बताएका छन् ।
कमलरी सृजना चौधरी लगायत मेघि चौधरी, उर्मिला राना थारु, सिमा होजा मगर, सिता चौधरीकोको रहस्यमयमा तरिकाले हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानविनको माग गर्दै दोषिलाई कार्वाहि र पिडित परिवारलाई उचित क्षेतिपुर्तिको आन्दोलमा उत्रेको थियो । यहि २४ जेठमा नेपाल सरकार र कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समिति भएपछि आफनो आन्दोलन स्थगित गरेको हो ।
–देवकी बिष्ट, काठमाडौं


