समाचारआइतबार, आषाढ ३०, २०७०
भट्टराईका लागि एमाओवादी बैठक स्थगित
आगामी ४ साउनमका लागि तय भएको केन्द्रीय समितिको विस्तारित बैठकको तयारीको विषयमा छलफल गर्न बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । एमाओवादी नेता हरिबोल गजुरेलले केही समय पहिले पद त्याग गरेका उपाध्यक्ष बाबुराम भट्टराईको सम्बन्धमा आन्तरिक रुपमा कुरा मिलेको कारण ३० असारको बैठक एक दिनलाई सारिएको हो ।
गजुरेलले उपाध्यक्ष डा भट्टराईको सम्बन्धमा पार्टीले विशेष व्यवस्था गर्न लागेको समेत जानकारी दिए । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको केन्द्रीय पदाधिकारीको बैठकमा साङ्गठनिक संरचनाको विषयमा बृहत छलफल भएको थियो ।
