समाचारमंगलबार, साउन १, २०७०
अहिलेकै अवस्थामा चुनाव हुँदैनः गजुरेल
सुनसरी इटहरीस्थित सङ्गीत महाविद्यालय प्रतिष्ठानको भवन निर्माणस्थलको १ साउन बिहान स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा गजुरेलले अहिलेकै अवस्थामा संविधानसभाको निर्वाचन हुन नसक्ने दाबी गरे । सञ्चारकर्मीहरूको जिज्ञासामा उपाध्यक्ष गजुरेलले चारदलीय सिन्डिकेटले सर्त राखेर डाकेको छलफलमा आफूहरू गएर बस्नुको औचित्य नरहेको बताए ।
नेता गजुरेलले शर्त राखेर छलफलमा बस्दा निष्कर्ष ननिस्ने भएकाले बिनाशर्त वार्तामा बस्न लागेको बताए । वार्ताको कुरा पनि गर्ने अनी अर्कोतिर भित्रभित्रै चुनावी कार्यक्रमलाई पनि अघि बढाउने काम भइरहेकाले त्यसप्रति आफ्नो पार्टीको असहमति रहेको उनको भनाई छ । उनले बरु विज्ञहरूको समूहबाट निर्माण भइनसकेको संविधानलाई पूरा गराएर प्रतिनिधि परिषद्मार्फत अनुमोदन गरी पारित गराउन सकिने तर्क बताए ।रासस
