समाचारमंगलबार, साउन १, २०७०
दीर्घकालीन महत्वका निर्णय नलेऊः यादव
मधेशी पत्रकार समाज, पर्साले १ साउनमा वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनाव वाहेकका विषयमा सरकारले निर्णय लिन नमिल्ने बताएका हुन । चार महिना मात्रै आयु रहेको वर्तमान सरकारले आफ्नो अधिकार भन्दा पनि राजदुतहरुको नियुक्ति, संवैधानिक निकायमा गरेको नियूक्ति, दुई देशबीच भएका अन्तराष्ट्रिय सम्बन्धको निर्णय गर्ने लगायतको काम गरेकोमा यादवले आपत्ति जनाएका छन् ।
लाखौँ मतदाताहरुलाई भोट हाल्ने अधिकारवाट बञ्चित गरेर संविधानसभा निर्वाचन गर्न नहुने यादवको भनाई छ । मन्त्रिपरिषद अध्यक्ष रेग्मीले चुनावको वातावरण नबनाई राजनिति मात्र गरेको यादवको आरोप छ ।
बिम्मी शर्मा, वीरगञ्ज
