थप समाचारबिहीबार, साउन ३, २०७०
मण्डेलाको जन्मदिन अस्पतालमै
यस अवसरमा दक्षिण अफ्रिकीहरु पूर्व राष्ट्रपति एवं रंगभेद विरोधी नेताको ६७ वर्षे सार्वजनिक सेवालाई ६७ मिनेटको स्वतन्त्र अभिनय मार्फत् प्रस्तुत गर्दैछन् ।
जस अन्तरगत वकिल, अधिकारकर्मी, बन्दी र राष्ट्रपति हुँदै ६७ वर्षसम्म राष्ट्रसेवा गरेका मण्डेलाको सम्मानको संकेत स्वरुप ६७ मिनेटसम्म विद्यालय, अनाथाश्रम मर्मत, अस्पताल सरसफाइ र गरिबलाई खाना वितरण गर्ने कार्यक्रम रहेको छ ।
८ जुनमा अस्पताल भर्ना गरिएका मण्डेला फोक्सोको संक्रमणको चिन्ताजनक साथै स्थिर अवस्थामा उपचाररत छन् । नोबेल पुरस्कार बिजेता मण्डेलाको जन्मदिनलाई उनको योगदानको कदर स्वरुप संयुक्त राष्ट्रसंघले नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको रंगभेद अन्त्य गर्न उनले खेलेको भूमिकाले उनलाई दक्षिण अफ्रिकाको सबै जाति सम्मिलित निर्वाचन (१९९४) मा काला जातिबाट पहिलो राष्ट्रपति बनाउनुका साथै विश्वप्रख्यात पनि बनायो ।
१८ जुलाई हाल मण्डेलाको साथमा रहेकी श्रीमती (तेस्रो बिवाह) ग्रेसा म्यासेलसँगको बिवाहको १५ औं वर्षगाँठ पनि हो ।


