समाचारबिहीबार, साउन ३, २०७०

वैद्य माओवादीलाई वार्ता आउन आव्हान

हिमालखबर

सिंहदरबारमा ३ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नेकपा–माओवादीले वार्ताका लागि टोली गठन गरेकोलाई सकारात्मक भन्दै स्वागत पनि गरेको छ । बैठकपछि सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले ३३ दललाई वार्तामा आउन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि औपचारिक पत्र पठाएको भोलिपल्ट सरकारले यस्तो आव्हान गरेको हो ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पाच क्षेत्रीय कार्यालय खोल्ने निर्णय गर्दै त्यसका लागि आवश्यक दरबन्दी स्वीकृत गरेको छ । अहिले काठमाडौंमा मात्र रहेको आयोगको क्षेत्रीय कार्यालयहरू धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा खोल्न लागिएको हो । बजेटमा अख्तियारको पाच वटा क्षेत्रीय कार्यालय खोल्ने घोषणा गरिएको थियो ।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका विकास निर्देशनालयमा कार्यरत प्राविधिकतर्फका महासेनानी शरदलाल श्रेष्ठलाई एक तह बढुवा गर्ने निर्णय गरेको छ । प्रधानसेनापति गौरवशमशेर राणाको बेलायती सेनाध्यक्षको निम्तोमा २१–२७ भदौमा गर्न लागेको बेलायत भ्रमणलाई स्वीकृत गरेको छ ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका १६ विदेशी विशेषज्ञ चिकित्सक र उनीहरूमा आश्रित परिवारलाई आवासीय भिसा दिने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>