समाचारबिहीबार, साउन ३, २०७०
प्रधानसेनापति राणा चीन भ्रमणमा जाने
सैनिक जनसम्पर्क निर्देशनालयले ३ साउनमा पत्रकार सम्मेलन गरेर चीनियाँ जनमुक्ति सेनाका प्रमुख फ्याङ फेङगुईको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राणाको भ्रमण हुन लागेको जानकारी दिएको छ । १३ साउनसम्म हुने भ्रमणका क्रममा उनले त्यहाँ विभिन्न सैनिक उच्च अधिकारीहरुस“ग भेटवार्ता गर्ने छन् ।
प्रधानसेनापति राणाले चीन सरकारले मोवाइल अस्पतालका लागि नेपाली सेनालाई गर्ने सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सन् २०११ मा भएको सम्झौता अनुसार बा“की रहेको रु. ८८ करोड भन्दा बढीको सामाग्री चीनले नेपाली सेनालाई उपलब्ध गराउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सुरेश शर्माले जानकारी दिए ।
सन् १९५५ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशबीच राजनीतिक तथा सैनिक नेतृत्वको भ्रमणले निरन्तरता पाएको नेपाली सेनाले जनाएको छ । तत्कालिन चीनिया“ सेनाका प्रमुख जनरल चेन बिङडेले ९ चैत २०६७ मा नेपालको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।
