थप समाचारशुक्रबार, साउन ४, २०७०

५४ प्रतिशत खेलौना स्वाथ्यका लागि हानीकारक

हिमालखबर

जनस्वास्थ्य तथा वातावरण प्रवद्धन केन्द्रद्वारा ३ साउनमा सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार खेलौनाहरुमा लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमीन जस्ता घातक रसायनहरु पाईएको छ । काठमाडौंको असन, महाबौद्घ, बनेपा, पुल्चोक, कोटेश्वर, लगनखेल, ग्वार्को, जाउलाखेल, पाटन, नयाँ वानेश्वरलगायतका ठाउँबाट संकलित १०० प्रकारका खेलौनालाई अध्ययन गरिएको थियो ।

बालाजुस्थित नेपाल ह्यान्डीक्राफ्ट टेस्टिङ ल्याब्रोटरीमा आधुनिक मेसिनको प्र्रयोग गरी वालावालिकाको खेलौनाहरुको नमूनामाको अध्ययन गरीएको थियो । अध्ययनले ५४ प्रतिशत वालबालिकाको खेलौना स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको देखाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक राम चरीत्र साहका अनुसार वालवालिकाको खेलौनामा रसायनसम्बन्धी विषय प्रमुख्ताका साथ हेर्ने कुनै सरकारी निकाय नरहेको तथा खेलौनामा रसायनसम्बन्धी मापदण्ड, कानुन, तथा नितिनिर्माण कार्य नभएकाले सोको अभावमा ससाना वालवालिकाहरु प्रभावित भएका छन् । काठमाडौ, ललीतपुर तथा काभ्रेको विभिन्न स्थानबाट खरीद गरीएको नमुनाहरुमा रसायनको मात्रा उच्च रहेको देखिएको छ ।

मीना शर्मा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>