थप समाचारशुक्रबार, साउन ४, २०७०

सुदूर तराई डुबानमा, जनजीवन प्रभावित

हिमालखबर

तस्वीरः श्रवण देउवा ।

३ साउनको मध्य रातीदेखि परेको पानीले धनगढी बजार क्षेत्र लगायत कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएका हुन् ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार यस क्षेत्रमा २९४.४ मिलिलिटर पानी परेको छ ।

वर्षाले रातो पुल, एलएन चोक, सेतो पुल र आसपासमा आवतजावत समेत अबरुद्ध हुँदा सरकारी कार्यालय र विद्यालय समेत बन्द रहे ।

कञ्चनपुरको श्रीपुर, परासन, कालिका, त्रिभुवनवस्ती तथा महाकाली पारीको दोधारा, चाँदनी गाविसका सयौं घर डुमानमा परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझदेखि पानी पर्ने क्रम रोकिएकाले फाट्टफुट्ट सवारी आवागमन सुरु भएको छ ।

बच्चु विक, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>