समाचारशुक्रबार, साउन ४, २०७०

एमाओवादीमा अध्यक्ष मात्रै राख्ने प्रस्ताव

हिमालखबर

तस्वीरः रासस

ललितपुरको बालकुमारीस्थित खन्ना गार्मेन्टमा ४ साउनमा शुरु सातौं विस्तारित बैठकमा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन ।

स्रोतका अनुसार पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले पदबाट राजिनामा दिएपछि उत्पन्न विवाद मिलाउन दाहालले यस्तो प्रस्ताव गरेका हुन ।

विवादकै कारण एमाओवादीको केन्द्रीय पदाधिकारी र सांगठनिक संरचना टुंगो लागिसकेको छैन । विस्तारित बैठकअघि आजै बसेको माओवादी पदाधिकारी, पूर्व स्थायी समिति सदस्य र ब्यूरो तथा राज्य समिति इन्चार्जहरुको बैठकमा अध्यक्ष मात्र राखेर जाने सहमति भएको बताइएको छ ।

यसैबीच उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले १२ बुँदे सहमतिका सहयात्री दलहरू एक भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखेका छन् । प्रतिगामीहरु निर्वाचन भाँड्न लागिपरेकाले १२ बुँदेका सहयात्रीहरू मिल्नु परेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>