समाचारशुक्रबार, साउन ४, २०७०
घुस खाएको अभियोगमा मालपोत अधिकृतसहित छ पक्राउ
कार्यालयका मालपोत अधिकृत भरतचन्द्र अधिकारीलगायत ६ जनालाई ४ साउनमा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा अधिकृत अधिकारी, नायव सुब्बा तिलकराम धिताल, नरेशकुमार खड्का, गंगाराम पोख्रेल, खरिदारहरू जग्गुप्रसाद सुवेदी र खरिदार काशिराम वली छन् ।
तीन साताअघि नारायणपुरका रेशम चौधरीले घोराहीका शशिधर भण्डारीको सौडियारमा रहेको करिब एक बिगाह र हेकुली–५ का लालु चौधरीको ११ कठ्ठा जग्गा किर्ते गरेर बिक्री गर्दा घुस लिएको आरोप उनीहरु पक्राउ परेका हुन । किर्ते गरेका चौधरीले कर्मचारीहरुले पनि घुस खाएको बयान प्रहरीलाई दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
अधिकृत अधिकारीले रु. एक लाख घुस लिएको चौधरीले बयान दिएका छन् भने सम्बन्धित गाविसको मोठ हेर्ने फाँटमा २० हजार घुस दिएको चौधरीको भनाई छ । घटनाका मुख्य योजनाकार, जग्गा किनबेच र पास गर्ने प्रक्रियामा संलग्न लेखापढी कानुन व्यवसायीहरुसहित ५ जनालाई यस अघिनै प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरी सकेको छ ।
गजेन्द्र बोहरा, दाङ
