समाचारशनिबार, साउन ५, २०७०

एमाओवादी अब एक पदीय, उपाध्यक्ष श्रेष्ठद्वारा राजिनामा

हिमालखबर

अध्यक्ष बाहेक बाँकी नेताहरू केन्द्रीय सदस्य मात्रै रहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव सहितको प्रतिवेदन अनुमोदन हुने भएपछि श्रेष्ठ र बोगटीले राजिनामा दिएका हुन । उनीहरूले ललितपुरको खन्नागार्मेन्टमा बसेको केन्द्रीय समितिको विस्तारिक बैठकमा ५ साउनमा राजिनामा दिएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

अध्यक्ष दाहालको एक पदीय व्यवस्था रहने प्रतिवेदनलाई १६ वटै समूहले समर्थन गरेका थिए । २०६६ अघि पनि एमाओवादी एक पदीय थियो ।

बैठकमा थारुवानबाट जगतप्रसाद शर्मा, मगररातबाट लोकेन्द्र विष्टस, सेती–महाकालीबाट रेणु चन्द, भेरी–कर्णालीबाट सुरेश पहाडी, तमुवानबाट हरि अधिकारी, अवधबाट कमल चुदारी, भोजपुराबाट अंजना विशंखे, ताम्सालिङबाट हितबहादुर तामाङ, किराँतबाट सुरेशकुमार राई, लिम्बुवानबाट टंक आङबुहाङ, सल्लाहकार परिषद्बाट नन्दकमार प्रसाईले मजदुरबाट शालिकराम जमकट्टेल र अन्तराष्ट्रियबाट युवराज चौलागाँईले  समूहको तर्फबाट धारणा राखेका थिए । प्रतिवेदन औपचारिक रुपमा अनुमोदन हुन भने बाँकी छ ।

यसअघि विवादकै कारण बाबुराम भट्टराईले उपाध्यक्षबाट राजिनामा दिएका थिए । बैठक ६ साउन मध्यान्ह १२ बजेका लागि स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>