समाचारआइतबार, साउन ६, २०७०
खपाङ्गीको उपचारका लागि ३० लाख आवश्यक
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत खपाङ्गीलाई थप उपचारका लागि देश बाहिर लैजान करिब रु. ३० लाख आवश्यक परेको उनका ज्वाई चन्द्र थापाले जानकारी दिए । थापाका अनुसार उपचारमा रु. २० लाख खर्च भईसकेको छ । सरकारले रु. दुई लाख सहयोग गरेको थियो ।
४७ दिनदेखि नर्भिकका डा. रमेश चोखानी नेतृत्वको चिकित्सक टोलीले उनको उपचार गरिरहेको छ । राजधानीकै अन्नपूर्ण अस्पताल ४२ दिन राखेपछि उनलाई नर्भिक सारिएको थियो । खपाङ्गीलाई १२ बैशाखमा काठमाडौँ पुरानो बसपार्क नजिक बा५१प ७३७३ नं को मोटरसाइकलले ठक्कर दिएको थियो ।
यसैबीच गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिले ६ साउनमा पत्रकार सम्मेलन गरेर खपाङ्गीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ । समितिका संयोजक शंकर लिम्बुले नर्भिक अस्पतालबाट पनि उपचारमा सुधार हुन नसकेको बताउँदै सिंगापुर वा भारत नयाँदिल्लीको मेदान्त अस्पतालमा लानुपर्ने स्थिति सिर्जना भएकाले थप रकम जुटाइन दिन सरकारसँग माग गरे ।

