समाचारआइतबार, साउन ६, २०७०
पूर्वराजासँग सहकार्य गर्न सकिन्छः नेत्रविक्रम चन्द
क्रान्तिकारी पत्रकार सङ्घद्वारा ६ साउनमा आयोजित पत्रकार सम्मेलनमा नेता चन्दले वार्ताका लागि सरकारले दिएको पत्रको आफ्नो पार्टीले अध्ययन गरिरहेको बताए । उनले गोलमेच सम्मेलन गरी संविधानका विषयवस्तु टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त राखे ।
आगामी मङ्सिरमा हुने भनिएको संविधानसभाको निर्वाचनले देशलाई सिक्किमीकरण गर्ने दाबी गर्दै चन्दले यही वार्ताबाट समस्या समाधान गर्न नचाहेमा जनप्रतिरोध गरी चुनाव असफल पर्ने चेतावनी दिए ।
चन्दले राष्ट्रियताको संरक्षणका लागि पूर्वराजासँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । तर अहिल्यै यो विषयमा पूर्वराजासँग छलफल भने नभएको उनको भनाइ थियो ।रासस
